Home / Nepal / कंचनपुरमा धान थ्रेसिङ मेसिनमा परेर एक महिलाको निधन

कंचनपुरमा धान थ्रेसिङ मेसिनमा परेर एक महिलाको निधन

महेन्द्रनगर: कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका-७ मा आज बिहान ७ बजे तिर धान थ्रेसिङ गर्ने क्रममा मेसिनमा परेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोहि ठाउँ बस्ने ४५ वर्षीया लक्ष्मी साउद रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। धान थ्रेसिङ गर्ने क्रममा ति महिलाको कपाल मेसिनमा परेको थियो।

मेसिनको पट्टामा कपाल परेपछि उनको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धानका लागि ट्याक्टर धनी गणेश रानालाई नियन्त्रणमा लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *