Home / Nepal / News / खोलाले बगाएर बजुराका एकै परिवारका पाँच जना बेपत्ता-

खोलाले बगाएर बजुराका एकै परिवारका पाँच जना बेपत्ता-

बाजुराको हिमाली गाउँपालिका वडा न ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका छन्।

शुक्रबार दिउँसो २ बजेतिर नुहाउने क्रममा उनिहरु बगेर बेपत्ता भएका हुन्।

बेपत्ता हुनेहरुमा सोही ठाउँकै धर्म नेपालीकी ३० वर्षीया श्रीमती सत्ता नेपाली, ५ वर्षीया छोरी आरती, ४ वर्षीया छोरी सन्तोषी, २ वर्षीया छोरा सम्मान नेपाली र १ वर्षीया छोरी किस्मती नेपाली रहेको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए।

घटना शंकास्पद पद रहेकाले त्यसै अनुरु अनुसन्धान थालिएको प्रमुख जिल्ला अधिकारी गैरेले बताए।

नजिकैको कवाडी प्रहरी चौकीका असई कर्ण बुढाको नेतृत्वमा ६ जनाको प्रहरी टोली र स्थानीयहरुले उनीहरुको खोजी कार्य गरिरहेका छन्।

थप खोजाी कार्यका लागि जिल्ला प्रहरी कार्यालयको प्रहरी निरीक्षक योगेन्द्र ठगुन्ना नेतृत्वमा ११ जनाकाे प्रहरी टोली पनि घटनास्थलमा गइरहेको छ। भोलि बिहान मात्रै त्यहाँ पुग्ने प्रमुख जिल्ला अधिकारी गैरेले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *