चितवन : कालिका नगरपालिका–१ मा रहेको चतुर्मुखी सामुदायिक वनमा अन्दाजी चार वर्षको भाले बाघ मृतावस्थामा भेटिएको छ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार सामुदायिक वनबाट काठ निकासी गर्ने स्थाननजिक कागतीको झाङमा भाले बाघ मृतावस्थामा भेटिएको हो।
अधिकारिका अनुसार बाघ दुई–तीन दिनअघि मरेको अनुमान गरिएको छ। बाघको महत्वपूर्ण अङ्गहरु दाह्रा, जुङ्गा, छाला र नङ्ग्रा सुरक्षित रहेको जनाइएको छ। उक्त मृतावस्थाको बाघलाई वन कार्यालय ल्याइएको छ।






