Home / Politics / रास्ट्रपति भण्डारी द्वारा एकै दिन तिनवटा अध्यादेश जारी-

रास्ट्रपति भण्डारी द्वारा एकै दिन तिनवटा अध्यादेश जारी-

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा अध्यादेश जारी गरेकी छन्।

सोमबार राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश राष्ट्रपतिले जारी गरेको राष्ट्रपति कार्यालयका सचिव हरिप्रसाद दहालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *