Home / Nepal / बडीमालिका नगरपालिका–९, चौराटी खेतमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

बडीमालिका नगरपालिका–९, चौराटी खेतमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

मार्तडी : बडीमालिका नगरपालिका–९, चौराटी खेतमा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा स्वामीकार्तिक खापर गाउँपालिका–४, छापुका ६० वर्षीय धननाथ योगीको मृत्यु भएको छ।

योगीको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए। उनका अनुसार खाली रहेको ग्यासका सिलिन्डर बोकेर तिपाडा जाँदै गर्दा चौराटी खेतनजिकै दुर्घटनामा परी घाइते भएका योगीको उपचारका क्रममा मृत्यु भएको हो ।

ट्याक्टर दुर्घटना हुँदा सडकभन्दा १०० मिटर तल खसेको उनले जानकारी दिए। उक्त ट्याक्टरको नम्बर प्लेट नभएकाले फरार रहेका चालकको खोजीकार्य भइरहेको छ। ट्याक्टर चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *