Home / Nepal / News / काठमाडौंमा कोरोना भाइरसबाट एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या ३२ पुग्यो

काठमाडौंमा कोरोना भाइरसबाट एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या ३२ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा नयाँ बानेश्वर बस्‍ने ८५ वर्षीय एक वृद्ध भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । 

उनका अनुसार ती वृद्ध छाती दुखेको र पार्किन्सनको समस्या भएपछि काठमाडौंको एक निजी अस्पतालमा भर्ना भएका थिए । 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *