सप्तरीमा सवारी दुर्घटना हुदा दुईको मृत्यु, दुईजना गम्भीर घाइते
काठमाडौं : सप्तरीको खडक नगरपालिका–४, अमहामा हिजो बेलुका करिब ७ बजेभएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते छन् ।
बसलाई ओभरटेक गर्ने क्रममा स११प ४०३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २ ०१ ००१ प ९५५६ नम्बरको मोटरसाइकलसँग ठोक्किन पुगेको थियो ।
दुर्घटनामा ४०३८ नम्बरको मोटरसाइकलका चालक सप्तरीकै शम्भुनाथ नगरपालिका–७ का २८ वर्षीय बुद्धसागर चौधरीको घटनास्थलमै मृत्यु भएको थियो। यस्तै, ९५५६ नम्बरको मोटरसाइकलका चालक सिरहाको लहान नगरपालिका–१७ का २८ वर्षीय रामशंकर यादवको भने उपचारको क्रममा सप्तऋषि अस्पतालमा मृत्यु भएको हो।
घाइते भएका दुवै मोटरसाइकलमा पछाडि सवार दुईजनाको सोही अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कडरवोनाले जनाएको छ।
दुर्घटनामा परेका ती सवारीसाधनसहित बस चालकलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।

