Home / Society / लाइभमा आएर आत्महत्या गरेकी युवतीको भिडिओ फेसबुकले हटायो

लाइभमा आएर आत्महत्या गरेकी युवतीको भिडिओ फेसबुकले हटायो

काठमाडौं । फेसबुक लाइभमा आएर आत्महत्या गरेकी युवतीको भिडिओ शुक्रबार फेसबुकले हटाएको छ।

तुलसीपुर उपमहानगर वडा नम्बर ५ रानीजरूवाकी करिब २२ वर्षीया एलिसा गौतमले बिहीबार बिहान १ बजेर २५ मिनेटमा फेसबुक लाइभमा आएर पासो लगाएर आत्महत्या गरेकी थिइन्।

उनको त्यो भिडिओ हटाउन प्रहरीले फेसबुकलाई बिहीबार नै पत्राचार गरेको थियो।

घटनाको झन्डै ३५ घन्टापछि बल्ल शुक्रबार मध्यान्ह १२ बजेतिर उक्त भिडिओ फेसबुकले हटाएको छ।

प्रहरीले उक्त भिडिओ हटाउन नसकेपछि त्यो हटाउनका लागि फेसबुकलाई पत्राचार गरेको थियो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले उक्त भिडिओ हटाउनका लागि मोबाइल पसलमा पुगेर प्रयास गरे पनि त्यो सम्भव नभपछि इप्रकाबाट साइबर क्राइम ब्यूरोलाई खबर गर्नुपरेको बताएका थिए।

प्रहरीले आत्महत्या गरेकी युवतीको मोबाइलको लक खोल्न नसकेपछि भिडिओ हटाउन समय लागेको हो।

‘मोबाइलको लक खोल्ने प्रयासहरू धेरै भए। प्रहरी बजारका सबै मोबाइल पसलहरूमा पुग्यो,’ डिएसपी सिंहले भने ‘तर कसैले पनि प्याटर्न खोल्न सकेनन्, त्यसलै गर्दा मोबाइल पनि काठमाडौंमा पठाउनुपर्दा ढिलाइ भयो।’

मृतकले मोबाइलमा फिंगर प्रिन्ट अनलक राखेको मृत्यु भइसकेको व्यक्तिको फिंगर प्रिन्टले काम नगर्दा मोबाइल खोल्न सम्भव नभएको तथा समयमै भिडिओ हटाउन पनि नसकिएको डिएसपी सिंहले बताए।

आत्महत्याको लाइभ भिडिओ लाखौंले हेरिसकेका थिए भने हजारौं आफन्तले कमेन्ट गरेका थिए।

त्यसले अरू फेसबुक प्रयोगकर्तालाई नकारात्मक प्रभाव परेको भए पनि स्मार्ट प्रविधिका कारण प्रहरीले समयमै केही गर्न नसकेको उनले बताए।

https://youtu.be/wMZjOq-pmAs
Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *