Home / Nepal / News / कंगनाको हलिउड चलचित्रप्रति आक्रोश

कंगनाको हलिउड चलचित्रप्रति आक्रोश

मुम्बई : बलिउड अभिनेत्री कंगना रनौतको चलचित्र ‘थलाइवी’ हालै रिलिज भएको छ। तर, चलचित्रले धेरै दर्शक पाउन नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच, कंगनाले हलिउड चलचित्रप्रति आक्रोश पोखेकी छन्। उनले भारतीय दर्शकलाई क्षेत्रीय चलचित्रलाई प्राथमिकता दिन अपिल पनि गरेकी छन् ।

हलिउड चलचित्रप्रति आक्रोश पोख्दै उनले हलिउडले फ्रेन्च, इटालियन, जर्मनलगायत चलचित्र उद्योगलाई बर्बाद बनाइसकेको आरोप पनि लगाइन् ।

हिन्दी र क्षेत्रीय भाषाका चलचित्रलाई बढावा दिन विदेशी चलचित्रलाई बहिष्कार गर्नुपर्नेमा कंगनाको जोड छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *