काठमाडौं : झन्डै दुई दसक अगाडि रेकर्ड गरिएको प्रमोद निर्वाणको ‘किन यसरी’ बोलको गीत नयाँ भर्सनमा रेकर्ड गरी भिडियो सार्वजनिक गरिएको छ।
२० वर्षपछि गीतमा गायक प्रमोद निर्वाणले केही नयाँ स्वाद र महिला स्वर पनि समावेश गरेका छन्। महिला आवाजमा सरला बिसीले साथ दिएकी छन।
सार्वजनिक गीतको भिडियोमा बले उर्फ सागर लम्साल, शिक्षा संग्रौला, कुशल विष्ट र सन्जिता पाण्डे ‘सानु’को अभिनय रहेको छ। गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।






