Home / World News / जापानले नेपालबाट समेत प्रवेश प्रतिबन्ध लगायो, सयौँ नेपालीहरु प्रभावित

जापानले नेपालबाट समेत प्रवेश प्रतिबन्ध लगायो, सयौँ नेपालीहरु प्रभावित

ओसाका । कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोक्न प्रयास गरिरहेको जापानले अन्तत:नेपालबाट समेत प्रवेश प्रतिबन्ध लगाउने भएको छ ।

कानून मन्त्रालयले आफ्नो वेवसाइटमा बुधबार एक सूचना प्रकाशित गरि प्रतिवन्ध लागेका देशहरुको सूचिमा नेपाल समेत थप गरेपछि, जापान आउन पाउने दिनको प्रतिक्षामा रहेका सयौँ नेपालीहरु प्रत्यक्ष प्रभावित हुनेभएका छन् ।

मंगलबार,मात्र नेपाल सहित विभिन्न १७ देश तथा क्षेत्रहरुमा यात्रा नगर्न आफ्ना नागरिकहरुलाई यात्रा चेतावनी जारी गरेको जापानले बुधबार सो निर्णय गरेको हो ।

औपचारिकरुपमा २४ तारिखबाट प्रतिबन्ध जारी गरिने भएता पनि, यस अघिनै अघोषितरुपमा प्रतिबन्धको अवस्था छ ।

नेपालमा रहेका जापान आउन चाहने सयौँ विद्यार्थी तथा विभिन्न कम्पनीमा कार्यरत व्यक्तिहरु तत्काल जापान आउन चाहेतापनि नेपालस्थित जापानी दुतावासले नेपालमा कोरोना संक्रमण बढेको भन्दै प्रवेश अनुमति नदिएपछि नेपालमा रोकिएका थिए ।

झिनो आशा लिएर जापान प्रवेश गर्ने दिन कुरेर वेसेका सयौँ नेपालीहरुलाई यो निर्णयले ठूलो असर पारेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *