काठमाडौं । शनिबार चन्द्रमा नदेखिएकाले इदको सार्वजनिक बिदा सोमबार हुने भएको छ । मुस्लिम धर्मावलम्बीहरुको महान चाड इद–उल्–फित्रको अवसरमा आइतबार दिने भनिएको थियोे ।
मन्त्रिपरिषदको शुक्रबारको निर्णयअनुसार गृह मन्त्रालयले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

नेपाल मुस्लिम आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले गृहसचिव महेश्वर न्यौपानेलाई आइतबारको बिदा एक दिन पछि सार्न आग्रह गरेका थिए ।
सरकारले आयोगको अनुरोधमा बिदा एक दिन पछि सारिएको गृह मन्त्रालयले शनिबार साँझ जारी गरेको सूचनामा उल्लेख छ ।






