काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विदेशीको इसारामा चल्ने व्यक्ति भएको आरोप लगाएका छन्।
अनेरास्ववियू केन्द्रीय स्थायी कमिटीको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीमा दक्षिणपन्थी अवसरवाद र व्यक्तिवादी भएको पनि बताए । उनले ओलीको त्यही गलत प्रवृत्तिलाई ‘दस भाइ’ ले स्वीकार गरेको आरोप पनि लगाए । ओलीको दासत्व स्वीकार गर्नु उनीहरूको गम्भीर भुल भएको खनालको भनाइ छ ।
त्यस्तै उनले ओली विर्सजन र विखण्डन गरी कम्युनिस्टलाई समाप्त पार्ने गलत कामका नाइके भएको आरोप पनि लगाए । अनेरास्ववियूमा पनि ओलीका नव मण्डलेहरूलाई परास्त गर्नुपर्ने उनले बताए।






