Home / Nepal / News / सानिमा लाइफको ६० करोडको आईपीओ आजबाट बिक्री खुल्यो

सानिमा लाइफको ६० करोडको आईपीओ आजबाट बिक्री खुल्यो

काठमाडौं : सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट धितोपत्रको प्रारम्भीक सार्वजनिक निष्कासन (आईपीओ०) बिक्री खुला गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।

कुल सार्वजनिक निष्कासनमध्ये ३ लाख कित्ता कर्मचारीलाई र अर्को ३ लाख कित्ता नै सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ । बाँकी रहेको ५४ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनी अधिकृत पुँजी २ अर्बको ३० प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो । हाल १ अर्ब ४० करोड पुँजी रहेको कम्पनीको आईपीओ पछि चुक्ता पुँजी २ अर्ब पुग्नेछ ।

कम्पनीको आईपीओ न्यूनतम १० कित्ता र बढीमा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । उक्त आईपीओमा छिटोमा साउन २४ गते र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । उक्त आईपीओमा इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले इन्स्योरेन्सलाई ‘केयर एनपी त्रिपल बि’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *