Home / Nepal / सुदूरपश्चिमबाहेक सबै प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

सुदूरपश्चिमबाहेक सबै प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं : आज बिहान देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लामा हल्कादेखि मध्यम वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

हाल नेपालमा मनसुनी वायु सक्रिय रहेको कारण प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी, लुम्विनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *