काठमाडौं : इसेवामार्फत हवाइजहाज टिकट काट्दा यात्रुले आकर्षक उपहार जित्न सक्ने भएका छन्।
नेपालको आन्तरिक उडानतर्फ कुनै पनि गन्तव्यमा जाने हवाइ यात्रु यस योजनामा सहभागी हुनेछन् । यो योजना एक महिनासम्म सञ्चालन हुनेछ।
यस योजना अन्तरर्गत इसेवामार्फत् हवाइ टिकट काट्ने हरेक यात्रुले अमार्या फेसन हाउसमा सपिङ गर्दा २० प्रतिशत छुट पाउनेछन्। यस्तै टाइटानमा सपिङ गर्दा १० प्रतिशत छुट पाइने छ भने भोजमा १० हजार हजार भाग्यशाली यात्रुले २० प्रतिशत अथवा २ सय ५० सम्मको छुट पाउने छन्।
यस्तै हरेक यात्रुले आगामी ६ महिना भित्रमा अर्को हवाइ यात्राका क्रममा रि–सेड्युल गर्नुपरेमा त्यसका लागि लाग्ने शुल्क समेत इसेवाले बेहोर्ने छ।
यस योजनामा सहभागी हुन इसेवामा केवाइसी भेरिफाइड भएको हुनु पर्नेछ भने इसेवा एप मार्फत टिकट काट्नुपर्ने जनाइएको छ।






