काठमाडौं । काठमाडौं सोह्रखुट्टेमा आइतबार कोरोना भाइरस पुष्टि भएका ६९ वर्षीय वृद्ध अस्ट्रेलियाबाट फर्किएको खुलेको छ ।
उनी चैत ३ गते यूएई हुँदै नेपाल आइपुगेको महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले बताए ।
‘सोह्रखुट्टेस्थित कालधारामा उनी श्रीमतीसँगै बस्दै आएका छन्,’उनले भने, ‘उक्त घरमा १०/११ जना बस्छन् ।’ सोमबार उक्त घरमा बस्ने सबैको कोरोना परीक्षण गरिने उनले बताए ।
महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार श्वास फेर्न गाह्रो भएपछि केही दिनअघि उनी आफैं परीक्षण गर्न गएका थिए ।






