Home / Nepal / News / नझुक्किनुहोस ! राजाको तस्बीर अंकित नोट चल्छ

नझुक्किनुहोस ! राजाको तस्बीर अंकित नोट चल्छ

काठमाडौं । अब पूर्वराजाको तस्बिर अंकित भएको नोट बैंकहरुले सर्वसाधारणबाट लिने तर बैंकले त्यस्ता पैसा बजार नपठाउने भएको छ । तर राजाको तस्बिर अङ्कित नोट चलनचल्तीमा नआउने समाचार केही सञ्चार माध्यमले प्रसारित गरेपछी सर्वसाधारणमा भ्रम सृजना भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै पूर्व राजाको तस्बिर अंकित नोट चलन चल्तीको लागी बजारमा नपठाउनको लागि मात्र निर्देशन दिएको हो । बजारमा नचल्ने भनेको हैन । यो पहिलो पटक पनि हैन, राष्ट्र बैंकले बिगत १० बर्षदेखि यस्ता नोटहरू खिच्दै आएको छ ।

राष्ट्र बैंकले जारी गरेको परिपत्र अनुसार अबदेखि झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, पानीले भिजेको, नोटमा रहेको अक्षर, अंक चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रने गरी रंग लागेको, लेखिएको, कारिएको वा च्याचिएका नोटलाई बैंक तथा वित्तीय संस्थाले पुनः निष्काशनका गर्न मिल्दैन ।

त्यस्तो नोट पुनः निष्काशनका लागि अयोग्य ठहर गर्नु पर्नेछ । र, त्यस्ता नोटलाई चलनचल्तीमा पठाउन मिल्दैन ।

बैंक तथा वित्तीय संस्थाले अयोग्य नोटहरुलाई आफ्नो नोट कोष वा केन्द्रीय बैंकको पहु“चमा नभएका वित्तीय संस्थाले अन्य बैंकको नोटकोषमा जम्मा गर्नुपर्नेछ र जम्मा भएको अयोग्य नोटलाई सम्बन्धित बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा जम्मा गर्नुपर्नेछ ।


राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार अबदेखि बैंक तथा वित्तीय संस्थाले काउन्टर, एटीएमलगायत मेसिनबाट प्राप्त चलनचल्तीमा पठाउन काउन्टरबाट भुक्तानी गरी दिने नोटलाई तीनभागमा छुट्याउनु पर्नेछ ।

जसमा एटीएमबाट पठाउने रकमलाई हरियो, काउन्टरबाट पठाउनेलाई सेतो र अयोग्यलाई रातो रंगको क्लिप प्रयोग गर्नुपर्नेछ ।

यसस“गै राष्ट्र बैंकले नोटको जतनको लागि नोटमा नलेख्न, नकेर्न, रंग नदल्न तथा स्टिज नगर्न भनेको छ । बजारमा पठाउने नोटमा रबर वा प्लास्टिक वा कागजको ब्यान्ड प्रयोग गर्न निर्देशन दिएको छ ।

चलनचल्तीका लागि पठाउने नोटलाई डिसइन्फेक्सन अनिवार्य रुपमा गर्नुपर्ने छ । नोट राख्ने दराज तथा भल्ट पनि सफा राख्न, प्रकाश र हावा छिर्ने ठाउ“ बनाउन निर्देशन राष्ट्र बैंकको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *