Home / Uncategorized / भारत सिमानाबाट नेपाल अन्तिम चोटी छिर्न दिइने

भारत सिमानाबाट नेपाल अन्तिम चोटी छिर्न दिइने


राजबिराज, ११ चैत । भारततर्फको सिमामा नेपालीहरु धेरै जना अड्किएको भन्दै सरकारले अन्तिम मौका दिने भएको छ ।

सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले संचारकर्मीहरुलाई सो जानकारी दिनुभएको हो ।

नेपाल प्रवेश गर्न चाहाने नेपालीले आफू नेपाली भएको कागजात भने अनिवार्य रुपले पेस गर्नु पर्ने उहाँले जानकारी दिनुभयो ।

यसरी नेपाल प्रवेश गर्ने नेपालीहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखिनेछ ।


सरकारले मंगलबार बिहान ६ बजेदेखि एक साताको लागि लक डाउन गरे पछि सयौंको संख्यामा नेपालीहरु नाकामा अल्झिएका छन् । कोरोनाभाइरस संक्रमित बिरामी एक जना देखिएपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *