Home / Nepal / स्थानीय बासिन्दा जथाभावी हिँडेपछि सप्तरीमा सेना परिचालन

स्थानीय बासिन्दा जथाभावी हिँडेपछि सप्तरीमा सेना परिचालन


राजबिराज, ११ चैत । प्रदेश नम्बर २ को सप्तरीका विभिन्न चार ठाउँमा नेपाली सेना परिचालन गरिएको छ । लक डाउनलाई सहयोग गर्न सेनाले गस्ती गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले जानकारी दिनुभयो ।


लकडाउनका बेला स्थानीय बासिन्दा जथाभावी हिँडेपछि सुरक्षाकर्मीहरू सडकमा परिचालन गर्नु परेको हो ।

राजविराज, हनुमाननगर, रूपनी र कल्याणपुरमा सेना परिचालन गरी गस्ती गरिएको हो । राजविराजस्थित भीमदल गण अहिले परिचालित छ
नेपाल प्रहरी र सशस्त्र प्रहरीको जनशक्ति अभाव भएपछि सेना परिचालन गर्नु परेको ठाकुरले जानकारी दिनुभयो ।
‘सशस्त्र प्रहरी हिजोदेखि सीमा लकडाउनमा गएको छ,’ उहाँले भन्नुभयो , ‘गृहसँग नेपाल प्रहरी र सशस्त्र प्रहरी माग गरेका छौं।’
उहाँकाअनुसार एक सय जना नेपाल प्रहरी र तीन सय ३२ जना सशस्त्र प्रहरी पठाइदिन गृहसँग माग गरिएको हो।
‘गृहले थप सुरक्षाकर्मी नपठाउन्जेल सेनाले नै गस्ती गर्छ,’ ठाकुरले भने, ‘सेनाले लगातारभन्दा पनि बेला बेला गस्ती गरेको छ।’
सरकारले मंगलबार बिहान ६ बजेदेखि एक साता लक डाउन गरिएको छ।
कोरोनाभाइरस संक्रमित बिरामी एक जना देखिएपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *