रंगेली, ११ चैत । मोरङ रंगेलीको टाइम्स अस्पतालले इमरजेन्सी चिकित्सा सेवालाई निरन्तरता दिएको छ ।
अस्पतालमा अहिले बाल रोग विशेषज्ञ केदार मण्डल, बरिष्ठ सर्जन प्रदीप यादब लगायतका विशेषज्ञ टोली उपचारको निम्ती २४ सै घण्टा तयारी अवस्थामा रहेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका निर्देशक तथा प्रशासन प्रमुख पारस मण्डलले दिनुभएको जानकारी अनुसारसरकारबाट सुबिधा नभए पनि आकस्मिक सेवाका अतिरिक्त अस्पतालले कोरोना सम्बन्धि परामर्श तथा सचेतना कार्यक्रमलाई समेत निरन्तरता दिएको छ ।
कोरोनाभाइरस संक्रमित बिरामी एक जना देखिएपछि नेपालमा पनि उच्च सतर्कता अपनाइएको छ ।
हाल सरकारको निर्देशन अनुसार ओपिडी सेवालाई भने अस्पतालले निरन्तरता दिएको छ ।
सरकारले मंगलबार बिहान ६ बजेदेखि एक साताको लागि लक डाउन गरे पछि अन्य बिरामीहरुलाई समेत अस्पताल सम्म पुग्न समस्या परेको छ ।







