Home / Sports / अन्तिम समयको कमब्याक जित सहित पिएसजि च्याम्पियन्स लिगको सेमिफाइनलमा

अन्तिम समयको कमब्याक जित सहित पिएसजि च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौ: हारको मुखैमा पुगेको फ्रेन्च क्लब पिएसजीले अन्तिम समय ४ मिनेटमा नाटकीय रूपमा कमब्याक जित निकाल्दै च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल प्रवेश गरेको छ।

पहिलोपटक च्याम्पियन्स लिग फुटबलको नकआउट चरण खेलिरहेको एटलान्टा विरुद्ध २–१ को सनसनीपूर्ण कमब्याक जित निकाल्दै पिएसजिले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
यस जित सँगै पिएसजी सेमी फाइनल पुग्ने पहिलो टोली बनेको छ।

यता, सेमिफाइनल नजिक पुगेको एटलान्टाले खेलको अन्तिम ५ मिनेट सम्हालिन नसक्दा २ गोल खाएर नतिजा गुमाउन पुग्यो।
पोर्चुगलको लिस्वन सहरस्थित स्टाडियो डा लुइज रंगशालामा भएको खेलमा एटलान्टाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो।

त्यही अग्रता लाई उस्ले ८९ औं मिनेट सम्म कायम राखेता पनि अन्तिम समयमा २ गोल खान पुग्दै प्रतियोगिता बाट बाहिरिएको हो।
एटलान्टका लागि २६औं मिनेटमा मारियो पासालिचले बक्स भित्रबाट सुन्दर गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए।

पासालिचले डुभान जपाटाले बक्सभित्र दिएको क्रस पासमा सुन्दर गोल गरेका थिए।
यता पिएसजिका लागि ८९ औं मिनेटमा माक्र्विनहोसले नेइमारको पासमा पासमा गोल गरेर खेल १–१ बनाए।

त्यसको लगत्तै ३ मिनेटपछि नै एमबाप्पेको पासमा इरिक माक्सिम चोउपो–मोटिङले डि बक्स भित्रबाट सुन्दर गोल गरेपछि पिएसजीले नाटकीय रुपमा खेल २–१ ले जित्दै सेमिफाइनलको यात्रा तय गरेको हो।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *