ओसाका: कोरोना महामारीका कारण होटल तथा रेस्टुरेन्टहरुमा ग्राहकहरुको सङ्ख्या घटिरहेको बेलामा भने जापानको प्रख्यात चेन रेस्टुरेन्ट साइजेरियाले मास्क लगाएर नै खाना खान वा पेय पदार्थ पिउन मिल्ने किसिमको मास्क बिकास गरेको छ।
शुक्रबार सार्बजनिक गरिएको उक्त मास्क साधारण मास्क जस्तै गरि लगाउन मिल्छ। जुन मास्क लगाएर ग्राहकले आनन्दले खान पिन गर्न सक्ने निर्माणकर्ताको दाबी छ।
खाना खादा वा पिउदा मास्क लगाएका ब्यक्ति संक्रमित पाइएमा अन्यमा सर्ने र अन्य संक्रमितबाट यस्तो मास्क लागाएका ब्यक्तिमा सर्ने सम्भावना समेत न्युन हुने कम्पनिको दाबी छ।






