जनकपुरधाम : मंगलबार साँझ जिल्ला प्रशासन कार्यालय धनुषाका नायब सुब्बा घुस रकमसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी उमेश कुमार चौधरी रहेका छन्। उनलाई क्याम्पस चोकस्थित लड्डु स्विट्स एन्ड स्नेक्स सेन्टरबाट पक्राउ गरेको हो।
चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले साढे आठ हजार घुस रकमसहित पक्राउ गरेको हो। चौधरीले नागरिकताको प्रतिलिपी निकाल्न सेवाग्राहीसँग १० हजार घुस रकम मागेको आरोप लागेको छ। अख्तियारले सेवाग्राहीबाट घुसबापतको पैसा लिँदै गर्दा पक्राउ गरेको हो।






