Home / Nepal / बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरानमा कोरोना संक्रमितको बिजोग

बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरानमा कोरोना संक्रमितको बिजोग


धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ‘कोभिड–१९ अस्पतालमा राखिएका कोरोना संक्रमितहरु आधारभुत आवस्यकता बाट समेत बन्चित रहेको एक बिरामिले बताएका छ्न।

संक्रमीतलाई खानेपानी, सरसफाइ तथा सौचालयको सरसफाइ आदिमा गम्भीर लापरबाही गरिएको छ। डसबिन हरु भरिएका छन तिनीहरुको फोहोर अस्पतालको गेट अगाडी फालिएको छ।

एक नम्बर प्रदेशको सुबिधा सम्पन्न आइसोलेसन वार्ड सहितको अस्पताल भनिएपनि ब्यबस्थापन अत्यन्तै कमजोर देखिएको छ।

कमसेकम पनि दिनमा एकपटक डाक्टर तथा नर्स आउनु पर्नेमा ४/५ दिनमा एक पटक पनि डाक्टर नआउनुले अस्पताल बधशाला जस्तो लाग्न थालेको एक बिरामीले बताएका छ्न।

बाहिर बाट खाना समेत मगाउन नपाउने र भित्र पनि राम्रो ब्यबस्थापन नहुदा बिरामी मारमा परेका छन।

कोरोनाको उपचार गर्न आएका संक्रमितले आफुहरुलाई अपराधिको जस्तो व्यवहार भएको भएको र बाहिरबाट ताल्चा लगाएको छ।

भित्र कोही सोधखोज गर्नको सट्टामा अपराधी जस्तो व्यबहार गरिएको एक बिरामीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *