Home / Nepal / News / नेपाली आकाशमा शंकास्पद तरिकाबाट चिनियाँ जहाज उड्यो, कारण यस्तो रहेछ

नेपाली आकाशमा शंकास्पद तरिकाबाट चिनियाँ जहाज उड्यो, कारण यस्तो रहेछ

काठमाडौं । कोरोना संक्रमण न्यूनीकरणका लागि नेपालमा हवाई उडानमा तत्कालका लागि रोक लगाइए पनि आइतबार विहान चिनियाँ जहाजले फन्को मारिरहेपछि यसबारे सर्वत्र चासो उत्पन्न भएको छ ।

लकडाउनको समयमा नेपाली आकाशमा शंकास्पद तरिकाबाट चिनियाँ जहाज उड्दा सर्वत्र चासो परेको हो ।

सगरमाथा क्षेत्रमा विहानैदेखि चिनियाँ जहाजले कयौंपटक फन्को मारेपछि सर्वसाधारणमा चासो र आशंकका जन्माएको छ ।

नेपाल–भारत र चीनबीच सिमानाका विषयमा तनाव उत्पन्न भइरहेको पृष्ठभूमिमा नेपालको संवेदनशील क्षेत्रमा चिनियाँ जहाजले गातार फन्को मारिरहेको देखिँदा आशंका बढाएको हो ।

लकडाउनको बेलामा चिनियाँ जहाज नेपाली आकाशमा देखिएपछि यसको बास्तविका के हो भन्ने जान्न हामीले नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीसँग सम्पर्क गरेका थियौं । उहाँले सगरमाथाको सर्भेका लागि चिनियाँ जहाजले उडान गरेको बताउनुभयो ।

उडानका निम्त स्वीकृति लिएकाे उल्लेख गर्दै उहाँले भन्नुभयो–‘ अन्य उडान भने रोकिएको छ । यतिबेला चीनले स्वीकृति लिएर नै सगरमाथा आसपासमा आफ्नो उडाइ गरिरहेको छ । त्यो सर्भेका लागि हो ।

साथै आज केही मात्रामा औषधि ढुवानीलगायतका अत्यावश्यक कार्यका लागि आन्तरिक उडान पनि भइरहेको बताउनुभयो । यद्यपि, चार्टर्ड उडानमा भने सरकारले रोक लगाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *