Home / Nepal / उदयपुरको बेलका र चौदण्डीगढीका ३ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरको बेलका र चौदण्डीगढीका ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । उदयपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बेलका नगरपालिकाका २ र चौदण्डीगढी नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित उनीहरु स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए ।

उनीहरुमध्ये एक जना १५ दिनअघि काठमाडौंबाट उदयपुर फर्किएका थिए ।

उदयपुर जानु अघि कोरोना परीक्षण गराएका उनको रिपोर्ट भने नेगेटिभ आएकोे थियो ।

कामको शिलशिलामा ३ दिन काठमाडौं बसेर पुनः उदयपुर फर्किएका उनलाई नगरपालिकाले क्वारेन्टिनमा राखिएको थियो । दुई साता क्वारेन्टिन बसाई सकिएपछि घर पठाउनुभन्दा अघि गरिएको परीक्षणमा उनलाई कोरोना संक्रमण देखिएको हो ।

अन्य दुई जनालाई भने विद्यालयमा बनाइएको क्वारेन्टिनमा राखिएको थियो । उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *