काठमाडौं । इन्टरनेट बैकिङ सेवा प्रयोग गरेबापत प्रत्येक दिन विजेता घोषणा गर्ने कार्यक्रमलाई फोन पे कम्पनीले अफर घोषणा गरेको छ ।
सो अफरअनुसार विश्वविख्यात मोडल तथा पर्यटन व्यवसायी आङ तेम्बा शेर्पालाई माघ ७ गतेको विजेता घोषणा गरिएको छ ।
ई बैकिङ सेवा प्रयोग गरेबापत कम्पनीले दिएको अफरअनुसार क्यास ब्याकदेखि परिवारसहित दुवई आवातजावत र २५ हजार नगद पुरस्कार रहेको छ ।
फोन पे कम्पनीमा ५० भन्दा बढी वित्तीय संस्थाहरु जोडिएका छन् ।
प्रत्येक दिनका विजेताहरुको नाम प्रत्येक वित्तीय संस्था, डिपार्टमेन्टल स्टोर तथा सेवा बिक्री प्रदायक निकायमा राखिने गरेको छ ।
यस अनलाइनका सल्लाहकार समेत रहनुभएका शेर्पा विजेता बन्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।






