विराटनगर : स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा २४ घण्टामा २८४ जनामा कोरोना संक्रमण भएको छ। ८२० जनाको पीसीआर परीक्षण गर्दा १६७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ५४, सुनसरीमा २४, इलाममा ६, धनकुटामा ३, उदयपुरमा २ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो ।
झापाको दमकमा ८, बिर्तामोडमा १४, मेचीनगरमा १२, अर्जुनधारा र कनकाईमा ११–११, बुद्धशान्तिमा ५, भद्रपुर र कमल गाउँपालिकामा ४–४, झापा गाउँपालिकामा ३, गौरादहमा २, शिवसताक्षी, गौरीगञ्ज र हल्दिबारीमा १–१, मोरङको विराटनगरमा ३१, केराबारीमा ५, पथरीशनिश्चरे र उर्लाबारीमा ४–४, कटहरीमा ३, कानेपोखरीमा २, सुनवर्षी, जदहा, रंगेली, बुढीगंगा र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा १४, इनरुवा, बराहक्षेत्र, धरान र बर्जुमा २–२, रामधुनी र दुहवीमा १–१, इलामको इलाम नगरपालिकामा ४, देउमाई र माईमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३, उदयपुरको बेलका र चौदण्डीगढीमा १–१ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा आज २४६ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १२५ महिला र १२१ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।






