राष्ट्रपति विद्यादेवी भण्डारीले विनियोजन विधेयक प्रमाणीकरण गरेसँगै सरकारलाई बजेट खर्च गर्ने बाटो खुलेको हो।
राष्ट्रपति कार्यालयले केहीबेर अघि विज्ञप्ति जारी गरी विधेयक प्रमाणीकरण भएको जनाएको छ। आजै राष्ट्रिय सभाले बजेट पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाए सँगै सभामुख अग्नी सापकोटाले विधेयक प्रमाणीकरणका लागि आजै राष्ट्रपति कार्यालय पठाएका थिए।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच बजेट अघि बढाएको सरकारले बजेट खर्च गर्न नपाएर प्रधानमन्त्रीदेखि कर्मचारीसम्मको तलबभत्ता रोकिएको थियो।





