Home / Nepal / News / पछिल्लो २४ घण्टामा प्रदेश–१ मा थप ८१३ जनामा कोरोना संक्रमण, आठजनाको मृत्यु

पछिल्लो २४ घण्टामा प्रदेश–१ मा थप ८१३ जनामा कोरोना संक्रमण, आठजनाको मृत्यु

विराटनगर : सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश नम्बर–१ मा पछिल्लो २४ घण्टामा ८१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक हजार २४५ स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा ३६९ र एक हजार ६७५ को एन्टिजेन विधिबाट परीक्षण गर्दा ४१७ जनामा संक्रमण देखिएको छ।

पीसीआर परीक्षणका आधारमा झापामा १२७, मोरङमा ११८, सुनसरीमा ९०, पाँचथरमा १०, इलाम, धनकुटा र उदयपुरमा ६–६, संखुवासभामा २ र प्रदेश–१ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

झापाको दमकमा ३१, बिर्तामोडमा २९, अर्जुनधारा र शिवसताक्षीमा १२/१२, मेचीनगरमा ९, कनकाईमा ८, गौरादह र बुद्धशान्तिमा ७/७, भद्रपुरमा ५, हल्दीबारी र कमल गाउँपालिकामा ३/३, बाह्रदशीमा १, मोरङको विराटनगरमा ५०, सुन्दरहरैचामा ३९, उर्लाबारीमा ९, लेटाङ र केराबारीमा ४, पथरीशनिश्चरे र ग्रामथानमा ३/३, कानेपोखरी र बेलबारीमा २/२, रंगेली र बूढीगंगामा १/१, सुनसरीको इटहरीमा ४६, धरानमा २९, रामधुनीमा ५, दुहबी र इनरुवामा ३/३, हरिनगर, बराहक्षेत्र, कोसी गाउँपालिका र स्थानीय तह नखुलेका १/१, पाँचथरको फिदिममा ९, याङवरकमा १, इलामको फोकफोकथुममा ३, सूर्योदय, सन्दकपुर र चुलाचुलीमा १/१, धनकुटाको धनकुटा नगरपालिकामा ६, उदयपुरको बेलकामा २, उदयपुरगढी, त्रियुगा, चौदण्डीगढी र स्थानीय तह नखुलेका १/१, संखुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १/१ र प्रदेश–१ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश–१ मा आज ५१६ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २४६ महिला र २७० पुरुष छन्। यहाँ पछिल्लो २४ घण्टामा कोरोनाका कारण आठजनाको मृत्यु पुष्टि भएको छ। मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *