काठमाडौं: जारी बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल १-० ले पछि परेको छ।
बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा जारी रहेको खेलमा बंगलादेशका खेलाडी मोहम्मद नबिबले १०औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गोल गर्दै घरेलु टोलिलाइ अग्रता दिलाएका थिए।
नेपालले जवाफी गोल फर्काउन प्रयास गरे पनि गोल भने गर्न सकेको छैन।
पहिलो हाफको समाप्ती सम्म बंगलादेश १-० गोलले अगाडी रहेको छ। यो समाचार तयार पार्दा सम्म दोश्रो हाफको २० मिनेटमा चलिरहेको छ।






