Home / Nepal / झापा, दार्चुला र रोल्पामा तीनजना मृत फेला

झापा, दार्चुला र रोल्पामा तीनजना मृत फेला

काठमाडौं : झापा, दार्चुला र रोल्पामा तीनजना मृतावस्थामा फेला परेका छन्।

झापाको मेची नगरपालिका–१३, शान्तिटोलमा इलामको मंगलबारे घर भएका ४० वर्षीय कुमार शेर्पा मृत फेला परेका हुन्।

त्यस्तै, दार्चुलाको लेकम गाउँपालिका–५, रिठाका जगदीश बोहरा सोही ठाउँस्थित जयपुरको भिरबाट लडी मृत अवस्थामा फेला परेका छन्।

रोल्पाको सुनिलस्मृति गाउँपालिका–३, खाराका ३८ वर्षीय निमबहादुर घर्ती सुनिलस्मृति–४, सिर्मे भीरबाट करिब ३०० मिटर तल खसेर मृत्यु भएको अवस्थामा फेला परेका छन्।

उनले गएको मंसिर २८ गते भारतबाट घर फर्कने भनी परिवारलाई जानकारी गराएका थिए। तर, घर आइपुगेनन् । त्यसपछि खोजी गर्नेक्रममा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *