बैतडी: बैतडीको गन्नाबाट छुटेको ना ५ ख ५१४१ न को पवनदुत यातायातको यात्रुवाहक बस बिहीबार राति बैतडीको खोडपेमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ, भने ४६ जना घाइते भएका छन्।
घाइतेहरुलाई उद्धार गरी राति नै डडेलधुरास्थित उपक्षेत्रीय अस्पताल लगिएको छ। दुर्घटनाको खबर पाउना साथ घटनास्थलमा पुगेको प्रहरीले घाइतेको उद्धार गरी अस्पताल सम्म पुर्याएको थियो।
दुर्घटनाबारे पूर्ण विवरण र मृतकबारे सम्पूर्ण जानकारी आएको छैन। बैतडीका प्रहरी निरीक्षक धनदेव साउदका अनुसार बसमा कम्तिमा ५४ जना यात्रु थिए।
बस सडकबाट झण्डै ३ सय मिटर तल खसेको थियो। क्षमता भन्दा धेरै यात्रु बोकेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।






