Home / Nepal / News / स्याङ्जामा एकैपटक थपिए १४ जना संक्रमित, भिरकोटमा पनि फेला परे संक्रमित

स्याङ्जामा एकैपटक थपिए १४ जना संक्रमित, भिरकोटमा पनि फेला परे संक्रमित

हिमाल न्यौपाने


स्याङजा । स्याङ्जामा एकैपटक १४ जना कोरोना संक्रमित थपिएका छन् भने संक्रमित संख्या ३७ पुगेको छ । त्यस्तै भिरकोट नगरपालिकामा पहिलोपटक कोरोना संक्रमित भेटिएको छ ।

भारतबाट आएर पालिकाको क्वारेन्टिनमा बस्दै आएका संक्रमित पुष्टी हुनेहरुमा वालिङका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८, ३२ बर्षका पुरुष रहेका छन् भने भिरकोट नगरपालिका ४५ बर्षका पुरुष रहेको गण्डकी प्रदेश प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै गण्डकी प्रदेशमा आजमात्रै ३८ संक्रमित थपिएका छन् भने गण्डकी प्रदेशमा संक्रमितको संख्या ११३ पुगेको छ ।

आजै गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा सहित बागलुङमा १० जना पुरुष , गोरखा १० जना पुरुष र नवलपरासी बर्दखाट सुस्त पुर्व मा ४ जना पुरुष थपिएका छन् ।

संक्रमित सबै जनालाइ आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *