Home / Nepal / News / नेपालमा कोरोना विरुद्धको खोप लगाएका व्यक्तिहरूमा ९० प्रतिशत ‘एन्टिबडी’ विकास

नेपालमा कोरोना विरुद्धको खोप लगाएका व्यक्तिहरूमा ९० प्रतिशत ‘एन्टिबडी’ विकास

काठमाडौं : नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिहरूमा ९० प्रतिशतसम्म ‘एन्टिबडी’ विकास भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार २१ देखि साउन अन्तिमसम्म गरेको ‘सेरोप्रिभ्यालेनस’ सर्वेक्षणमा पहिलो डोज खोप लगाएकाहरूमा ८० प्रतिशत र दुवै डोज लगाएकाहरूमा ९० प्रतिशसम्म ‘एन्टिबडी’ देखिएको हो।

मन्त्रालयका अनुसार कोभिड महामारी सुरु भएयता दोस्रोपटक देशभरबाट प्रतिनिधित्व गरी १३ हजार १६१ जनाको परीक्षण गरी विश्लेषण गरिएको थियो। सर्वेक्षणको प्रारम्भिक नतिजामा ६८.६ प्रतिशत नमुनामा कोभिड १९ एन्टिबडी देखाएको थियो।

सर्वेक्षणमा सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, सहर तथा सबै उमेर र लिङ्गका व्यक्तिहरूमा समान रूपमा ‘एन्टिबडी’ देखिएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *