Home / Nepal / गोकर्णेश्वर नगरपालिकाकाे मंगलबारदेखि विद्यालयहरू सञ्चालन गर्ने निर्णय

गोकर्णेश्वर नगरपालिकाकाे मंगलबारदेखि विद्यालयहरू सञ्चालन गर्ने निर्णय

काठमाडाैं : गोकर्णेश्वर नगरपालिकाले सामाजिक भौतिक दुरीको पालना गर्दै नगरभित्रका विद्यालय आगामी मंगलबारदेखि सञ्चालन गर्ने निर्णय गरेको छ।

नगरपालिकाले भौतिक सामाजिक र स्वास्थ्य सुरक्षाका प्रोटोकलहरू अनिवार्य पालना गरी भौतिक रूपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले आज जारी गरेको विज्ञप्ति अनुसार विद्यालय स्वयम्ले स्वास्थ्य सुरक्षाको भरपर्दो विश्वसनिय वातावरण अनिवार्य रूपमा तय गर्नुपर्नेछ।

यदि विद्यायलहरूले त्यस अनुरूपको वातावरण नमिलाए नगरपालिकाले कारबाही गरिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *