काठमाडौं । भक्तपुरमा एकै परिवारका तीन जना घरभित्रै मृत फेला परेका छन् ।
मध्यपुर थिमी नगरपालिका-९ निकोसेरास्थित एकै परिवारका तीनजना घरभित्रै मृत फेला परेका हुन । उनीहरु श्रीमान, श्रीमती र छोरा रहेको बताइएको छ ।
महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले कुहिएको अवस्थामा शव भेटिएको बताए ।
“घटनास्थलमै छौं, कुकुरसहितको टोलीले अनुसन्धान गरिरहेको छ” एसएसपी थापाले भने, अहिले नै केही भन्न सकिन्न ।”
प्रतिकात्मक तस्बिर ।






