काठमाडौं: पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भए संगै संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बिहीबार मात्रै १ हजार २ सय ४६ जनामा संक्रमण देखिएको थियो। कोरोना सक्रिय संक्रमीतको संख्या १४ हजार ९ सय २५ रहेको छ। यसै गरी होम आइसोलेसनमा ६ हजार ६ सय ३४ रहेका छन।
पछिल्लो २४ घण्टामा ९ सय ७२ जना कोरोना मुक्त भएका छन। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ भने आइसीयूमा १७० जना र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छन।
बिगत २४ घन्टामा ५ जनाको मृत्यु भएको छ। यो सङै कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ३२२ पुगेको छ।






