Home / Society / पछिल्ला केहि दिन परिक्षणको २५%मा कोरोना पोजिटिभ कुल सन्क्रमीतको संख्या झन्डै १ लाख।

पछिल्ला केहि दिन परिक्षणको २५%मा कोरोना पोजिटिभ कुल सन्क्रमीतको संख्या झन्डै १ लाख।

काठमाडौं: देशभरिमा एकै दिन ४ हजार ३ सय ६४ जना कोरोना भाइरसको संक्रमित थपिएका छन।

यस सङै कुल संक्रमितको संख्या झन्डै एक लाख पुगेको छ।
अर्थात कुल संक्रमीतको संख्या ९८ हजार ६ सय १७ पुगेको छ। यस्तै सकृय संक्रमीतको संख्या २६ हजार ६ सय ८४ छ।

पछिल्ला केहि दिन देखी दिनहुँ कुल परिक्षण गरिएको संख्याको २५% मानिसमा कोरोना संक्रमण पुस्टी भइरहेको छ।
यसले संक्रमण समुदाय स्तरमा ब्यापकरुपमा फैलिएको स्पष्ट देखिएको छ।

परिक्षणको दाएरामा नआएका हजारौं कोरोना संक्रमीतका कारण संक्रमण द्रुत गतिमा फैलिरहेको अनुमान सहजै गर्न सकिने बिज्ञहरुले बताएका छ्न।


यसअघि स्वास्थ मन्त्रालयले २५ हजारभन्दा बढी सक्रिया संक्रमित संख्या पुगेमा लकडाउनको सिफारिश गरिने बताए पनि सरकारले यसबारे कुनै निर्णय लिन सकिरहेको छैन ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *