आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल र अमेरीका बिच
भएको खेलमा नेपालले अमेरिकालाई १७५ रनको सामान्य लक्ष्य दिएको छ।
ओमानको अमिरत रंगशालामा भएको खेलमा नेपाल ४८ ओभरमा १७४ रनमा अल आउट हुदैं अमेरीकालाइ सामान्य लक्ष्य दिएको हो।नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे भने ओपनर कुशल भुर्तेल ३६ रनमा आउट हुँदा आसिफ शेखले ३ रन मात्र जोड्न सके।
कुशलले ४३ बल खेलेर ५ चौका र १ छक्का प्रहार गरेका थिए। रोहित पौडेल २ रनमै पेभिलियन फर्के भने विनोद भण्डारी २८ बलमा १० रन जोडेर आउट भएका थिए ।
आज डेब्यू गरेका गुल्शन झाले ५३ बलमा २८ रन को योगदान गरेका थिए सन्दीप लामिछाने १२ बल खेलेर ११ रनमा आउट भएका थिए । अमेरिकाका लागि सौरभ नेत्रभाल्करले ४ विकेट र केल फिलिप्सले ३ विकेट लिएका थिए ।
जवाफी ब्याटिङमा रहेको अमेरीकाले १९ ओभरमा २ विकेट खर्च गर्दै १२० रनमा खेलीरहेको छ।






