काठमाडौं : चीनबाट कोभिड-19 विरुद्धको थप ४४ लाख डोज खोप सरकारले ल्याएको छ। नेपाल एयरलाइन्सको जहाजबाट उक्त खोप ल्याइएको हो।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत थप ४४ लाख खोप काठमाडौं आइपुगेको बताएका छन्।नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाजले बेइजिङबाट दिउसो पौने २ बजे खोप लिएर आइपुगेको हो।
चीनबाट ल्याइएको खोप आजदेखि नै प्रदेशस्तरमा वितरण सुरु गरिने स्वास्थ्य सेवा विभागले जनएको छ। वाग्मती प्रदेशको हेटौंडा र लुम्बिनी प्रदेशमा आजै खोप पठाउने तयारी गरिएको विभागका आपूर्ति व्यवस्थापन शाखा प्रमुख उपेन्द्र ढुंगानाले बताए।





