Home / Politics / “म नेपाली कांग्रेसको केन्द्रीय सदस्य हो, तर मलाई महाधिवेशन कहिले हुन्छ थाहा छैन,” – गगन थापा

“म नेपाली कांग्रेसको केन्द्रीय सदस्य हो, तर मलाई महाधिवेशन कहिले हुन्छ थाहा छैन,” – गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पार्टीको १४औँ महाधिवेशन अनिश्चित बनेको बताएका छन् ।

गगन थापाले आज गोकर्णेश्वर नगर समिति द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापा आफू कांग्रेसको केन्द्रीय सदस्य भएपनि महाधिवेशनको बारेमा अनविज्ञ रहेको बताए। आफूलाई कार्यकर्ताहरूले महाधिवेशन कहिले हुन्छ भनेर सोध्ने गरे पनि आफूलाई केही थाहा नभएको उनको भनाइ छ।

“म नेपाली कांग्रेसको केन्द्रीय सदस्य हो, तर मलाई महाधिवेशन कहिले हुन्छ भनेर सोध्नुहुन्छ भने मैले ढाट्नु हुन्न, मलाई थाहा छैन,” उनले भने ।

नेता थापाले दसैँपछि महाधिवेशन गर्ने नेतृत्वले भने पनि कुन दसैँको कुरा गरेको आफूले सोचिरहेको बताए। “मलाई डर के छ भने दसैँ त दसैँ कहिलेको दसैँ हो ?,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *