Home / Society / बिराटनगर महानगरपालिका द्वारा बेसाहाराको उद्दार

बिराटनगर महानगरपालिका द्वारा बेसाहाराको उद्दार

मोरङ: विराटनगर महानगरपालिकाले नगरका क्षेत्र भित्रका सडकमा बेबारिसे रुपमा कठिन जीवनयापन गरिरहेका १२ जनालाइ बिहीबार उद्दार गरेको छ।

विराटनगर महानगरका प्रमुख भीम पराजुलीले विराटनगर-९ पुरानो गुद्री वरपर बस्दै आएका बेसहारालाई उद्दार गरेको नगरपालिकाले जनाएको छ।

विराटनर सडकलाई बेसहारा मानवमुक्त बनाउने अभियानअनुरुप सडकपेटीमा बस्दै आएकालाई उद्दार गरिएको हो।

यसरी उद्दार गरिएका मानिसहरूलाई विराटनगर-१० मा रहेको मानव सेवाआश्रममा लगिएको छ । यस अघि विराटनगर महानगरले २० जनाको उद्दार बुझिएकोछ।

बिशेष गरि बिराटनगर क्षेत्रमा लागुऔषध प्रयोगकर्ता र परिवार बिहिनहरु बेसहारा जीवन बिताइरहेका छ्न। उनीहरुको अवस्था र कारण पहिचानसहित बस्ने स्थानसमेत छनोट गरिएको नगरपलिकाले जनाएको छ।

लागुऔषध दुर्व्यसनीमा फसेर सडकमै आएकालाई सुधारगृहमा लगिएको छ भने अन्यलाई मानब आश्रममा राखिएको छ। उद्दार गरिएकामध्ये दुई जनालाई विराटनगर -३ मा रहेको लिवर्टी नेपालमा लगिएको छ।

नगरप्रमुख पराजलीले यो अभियानलाई थप व्यवस्थित गर्न हरेक बर्स मानब सेवा आश्रमलाइ २५ लाख दिने गरेको जानकारी गराउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *