Home / Society / आज प्रदेश १, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आज प्रदेश १, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर आँशिक देखि सामान्य बदली रहने र केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । 

विभागका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति देशभर सामान्य बदली रही केही स्थानमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *