काठमाडौँ । काठमाडौंको थापाथलीस्थित प्रसुती गृहमा भर्ना भएकी एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत बुधबार उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई उच्च ज्वरो र पिसाब संक्रमण देखिएपछि आइसोलेसनमा राखिएको थियो ।
धादिङ ठेगाना भएकी २२ बर्षीय उनलाई कोभिड अस्तपाल पठाउन लागेको अस्पतालले जनाएको छ ।
अन्य अस्पतालले सुत्केरी गराउन नमाने अस्पताल आफैले सुत्केरी गराउने बताएको छ ।
गर्भवतीमा कोरोना पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक र नर्सको ट्रेसिङ भइरहेको छ ।
उपचारमा संलग्न पहिचान भएका जतिलाई क्वारेन्टाइनमा राखिसकेको पनि अस्पतालले जानकारी दिएको छ ।






