Home / Nepal / स्वास्थ्य मन्त्री ढकाल आफै क्वारेन्टाइनमा

स्वास्थ्य मन्त्री ढकाल आफै क्वारेन्टाइनमा

काठमाडौं  । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले एकजना कोरोना संक्रमितलाई भेटेपछि क्वारेन्टाइनमा बसेका छन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एकजना पूर्वसांसदकी श्रीमतीलाई भेट्न मन्त्री ढकाल अस्पताल पुगेका थिए ।

पूर्वसांसदले सो कुराको पुष्टि गरेका छन् । उनका अनुसार मन्त्री ढकाल अस्पताल पुगेर भेट गरेका हुन् । त्यसपछि मन्त्री ढकालले कोरोना परीक्षण गर्न स्वाब संकलन गराएका छन् । कोरोनाको रिपोर्ट नआउन्जेल मन्त्री ढकाल सेल्फ क्वारेन्टाइनमा रहने भएका छन् ।

स्रोतका अनुसार पूर्वसांसदकी श्रीमतीलाई भेट्न केही सांसदहरु पनि पुगेका थिए । तर यसको पुष्टि भने हुन सकेको छैन ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *