Home / Nepal / रुकुम पश्चिममा भएको घटनाको विरोधमा माइतीघरमा प्रदर्शन

रुकुम पश्चिममा भएको घटनाको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौँ । रुकुम पश्चिममा भएको घटनाको विरोधमा नेपाल दलित विद्यार्थीसंघ केन्द्रिय समितिले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

जातको आधारमा विभेद बन्द गरियोस्, दोषीलाई कडा कारवाही होस् लगाएतका माग राख्दै विरोध प्रदर्शन गरिएको छ ।

जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विक र रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीबीच विगत तीन वर्ष लामो प्रेम सम्बन्ध रहेको थियो ।

विवाहका लागि प्रेमीकालाई लिन शनिबार बेलुकी रुकुम पुगेका नवराजसहित १९ जनामाथि गाउँलेले आक्रमण गरेका थिए ।

गाँलेको आक्रमणमा परी नवराजसहित तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता छन् । तीमध्ये १२ जना घाइते छन् ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *