काठमाडौं: अर्थ तथा सञ्चारमन्त्री सरकारका प्रवक्तासमेत रहेका डा. युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिएका छन् । शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएका हुन।
नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकले बिहीबार बामदेब गौतम राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय संगै खतिवडाको पद धरापमा परेको हो।
तत्कालका लागि खतिवडाको संसद बन्ने बाटो बन्दै भएसँगै उनको मन्त्री पदसमेत शनिबारबाट स्वत : सकिदै छ। प्रधानमन्त्री केपी ओलीले सरकारमा बसेर काम गरेकोमा धन्यवाद दिएका छ्न।
स्मरण रहोस अर्थमन्त्री खतिवडा बिना संसाद नै ६ महिनासम्म मन्त्री बनेका हुन।






