चितवन: जिल्ला प्रशासन कार्यालय चितवनमा (शुक्रबार) बसेको बैठकले भदौ ३१ गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको छ।
आज राती १२ बजे देखि तेस्रो चरणको निषेधाज्ञा सकिने भएकोले शनिबारदेखि निषेध आदेश थप गर्ने निर्णय गरेको हो।
भोलिबाट निषेधाज्ञा सामान्य खुकुलो हुने र बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म किराना पसल, निर्माण सामग्री पसल, सामान्य पसल हरु खुल्न पाउनेछन।
चितवनमा संक्रमण दर बढेपनि निषेधाज्ञा केही खुकुलो बनाइएको छ। भोलिबाट सुरुहुने निषेधाज्ञा एक हप्ताको लागि थप हुनेछ।






